Logo
Logo

प्रहरी र सशस्त्रमा ३० वर्ष हटाउने तयारी



काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागपछि सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा ३० बर्षे सेवाहद हटाउनेबारे छलफल थालेको छ । ३० वर्षे सेवाहरु हटाउने तयारीसँगै प्रहरी अधिकारीहरु आफू अनुकुल हुने गरी सो प्रावधान लागू गराउन लागिपरेका छन् ।

नेपाल प्रहरीमा ३० वर्षे हटेमा अहिलेका आईजीपी सर्वेन्द्र खनाललाई फाइदा हुने छ । ३० वर्षे सेवाहदका कारण उनी ३० फागुन २०७६ मा अवकाश पाउनेछन् । तर, ३० वर्षे हटेमा एक वर्ष थपिनेछ । जसको असर उनीपछि आईजीपी हुने दाउमा रहेका ठाकुर ज्ञवाली तथा तारिणी लम्साललाई पर्ने छ । ३० बर्षे सेवा हद हटेमा उनीहरुले डीआईजीबाटै अवकाश पाउनेछन् । त्यतिमात्र होइन उनीपछि आईजीपी हुने रोलक्रममा रहेका शैलेश थापा क्षेत्री, हरि पाल, निरज शाहीको ब्याच पनि प्रभावित हुनेछ । डीआईजीहरु पिताम्बर अधिकारी तथा केदार रिजालमध्येबाट आइजीपी हुने सम्भावना रहन्छ ।
गृहमन्त्री रामबहादुर थापा बादलले ३० वर्षे सेवाहद हटाउने कुरा सार्वजनिक रुपमै बताइसकेका छन् । तर, कहिलेदेखि हटाउने भन्नेमा मात्र विवाद रहेको स्रोत बताउँछ ।
हाल संघीय प्रहरी ऐन छलफलकै क्रममा छ । सो ऐनमै ३० वर्षे सेवाहद हटाउनेदेखि पदावधिको समेत टुंगो लगाउन लागिएको छ । ऐन पारित भएपछि निश्चित अवधिपछि ३० वर्षे सेवाहद हराउने प्रावधान लागू गर्न लागिएको छ । जसका लागि उच्च प्रहरी अधिकारीहरु आफ्नो अनुकूल प्रावधान राख्न चलखेलमा लागेका छन् ।
त्यस्तै अवस्था सशस्त्र प्रहरी बलमा पनि छ । ३० वर्षे राखे वा हटाएमा अहिलेका आईजीपी शैलेन्द्र खनाललाई असर पर्देन । ३० वर्षे रहँदा पनि उनी चार वर्ष आईजीपी हुनेछन् ।
उनीपछि को आईजीपी भन्ने विषयमा सेवाहदले महत्वपूर्ण भूमिका खेल्दछ । आईजीपी खनालनिकट डीआईजी सुरज श्रेष्ठ आफू आईजीपी हुने दाउमा लागिरहेका छन् । ३० वर्षे हटाएर आईजीपीको पदावधि ३ वर्षमात्र राखेमा उनी आईजीपी हुने सम्भावना पनि छ । तर, ३० वर्षे सेवाहद हटेमा खनालपछि आईजीपीको लाइनमा रहेका राजु अर्याल, नारायण पौडेल, चन्द्रप्रकाश गौतम लगायतको ब्याच प्रभावित हुनेछ ।

प्रतिक्रिया दिनुहोस्