Logo
Logo

संसद्‍मा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर, १५ जनाले टिपाए नाम


819
Shares

काठमाडौं । संघीय संसद् अन्तर्गतको प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने संसद सचिवालयले जानकारी दिएको छ ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सांसदहरूले राखेको प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ । तर, सांसदले प्रधानमन्त्रीलाई सोध्ने प्रश्नको विषय सभामुख देवराज घिमिरेलाई पहिले नै जानकारी गराउनु पर्नेछ।

प्रधानमन्त्रीलाई प्रश्न सोध्न १५ जना सांसदले नाम टिपाएका छन्। एक दिनको बैठकमा बढीमा १५ जना सदस्यले मात्र प्रश्न सोध्न सक्ने व्यवस्था नियमावलीमा छ। सांसदहरूले प्रधानमन्त्रीलाई समसामयिक विषयमा प्रश्न सोध्ने जानकारी सभामुखलाई गराएका छन्।

नक्कली भुटानी शरणार्थी प्रकरण, नागरिकता विधेयक, आर्थिक संकटलगायत अहिलेका जल्दाबल्दा विषय हुन्।त्यस्तै आजको बैठकमा प्रधानमन्त्री प्रचण्डले ‘राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा गरेका काम र प्राप्त उपलब्धिसहितको आ.व. २०७८/०७९ को वार्षिक प्रतिवेदन’ पेस गर्ने पनि सम्भावित कार्यसूची रहेको छ ।

प्रतिक्रिया दिनुहोस्