Logo
Logo

भ्रष्टाचारविरुद्ध काठमाडौंमा आज राप्रपाको विरोध सभा


693
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज भ्रष्टाचारविरुद्ध विरोध सभा गर्दैछ । विरोध सभा आज दिउँसो १ बजे  काठमाडौंको वसन्तपुरमा हुने राप्रपाले जनाएको छ ।

विरोध सभालाई पार्टी अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनलगायतका नेताहरूले सम्बोधन गर्ने छन् । नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाइदिने भन्दै करोडौं ठगी प्रकरणमा उच्च राजनीतिक तथा प्रशासनिक व्यक्तिसहित १४ जना पक्राउ परिसकेका छन् ।

अन्य केहिविरुद्ध पनि पक्राउ पुर्जी जारी भएका छन् । भ्रष्टाचार गर्नु आमाको रगत खानुजहस्तै हो भन्ने लाइन बोकेको राप्रपाले आज यसै सन्दर्भमा विरोधसभा गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्