Logo
Logo

शरणार्थी प्रकरणका आरोपीलाई कांग्रेसले संरक्षण गरिरह्यो : प्रदीप ज्ञवाली


819
Shares

काठमाडौं । नेकपा एमालेको उपमहासचिव प्रदीप ज्ञवालीले शरणार्थी प्रकरणमा नेपाली कांग्रेसले आरोपीलाई संरक्षण गरेको टिप्पणी गरेका छन् ।

प्रेस चौतारी नेपाल कास्कीले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता ज्ञवालीले एमालेले आरोपीत टोपबहादुर रायमाझीलाई कारबाही गरेको र कांग्रेसले बालकृष्ण खाँणलाई कारबाही नगरेर संरक्षण गरेको बताएका हुन् ।

नेपाली नागरिकलाई नक्कली भेटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै करोडौं ठगवी गरेको आरो लागेपछि पूर्वउपप्रधानमन्त्री समेत रहेका सचिव टोपबहादुरलाई कारबाही गरेको छ । तर, खाँणलाई हालसम्म कारबाही नगरेपछि कांग्रेसले आरोपिलाई संरक्षण गरेको टिप्पणी गरेका हुन् ।

उनले भने, ‘हाम्रो हिजोसम्म सचिव रहनुभएको साथी जोडिनुभयो, उहाँ दोषी हो कि निर्दोष भोलि छानबिनले बताउँला । तर, छानबिनलाई सजिलो होस् भन्नका निमित्त हामीले निलम्बन गर्‍यौँ, तर, अर्को पार्टी (कांग्रेस)ले संरक्षण नै गरिराखेको छ ।’
नागरिकलाई अनागरिक बनाएर बाहिर पठाउने कार्य सानो ठगी, अपराध मात्र नभएर गम्भीर अपराध भएको ज्ञवालीको भनाई छ ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाइदिने भन्दै करोडौँ रकम ठगी गरेको आरोपमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँणसमेत अहिलेसम्म १४ जना पक्राउ परिसकेका छन् । उनीहरुलाई काठमाडौंका विभिन्न हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्