Logo
Logo

कांग्रेस र एमालेबाट यी सांसदले प्रधानमन्त्रीलाई प्रश्न सोध्ने


2k
Shares

काठमाडौं । आज प्रतिनिधिसभा बैठक बस्दैछ । बिहान ११ बजे बस्ने तय भएको बैठक १२ बजेसम्म सुरु हुन सकेको छैन् । आज बस्ने बैठकमा सांसद र प्रधानमन्त्रीबीच सवालजवाफ हुँने कार्यसूची रहेको छ ।

जसमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) बाट तीन जना सांसदले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रश्न सोध्दैछन् ।
एमाले सचेतक महेश बर्तौलाका अनुसार प्रमुख सचेतक पदम गिरी, सांसदहरू रघुजी पन्त र विद्या भट्टराईले पार्टीका तर्फबाट प्रश्न सोध्नेछन् ।

त्यस्तै नेपाली कांग्रेसबाट सांसदहरु दिलेन्द्रप्रसाद बडू, रामहरि खतिवडा र ईश्वरी न्यौपानेले प्रश्न सोध्ने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्