Logo
Logo

लगातार ५ बैठकमा नआए कानुन समितिबाट निष्कासित हुने


819
Shares

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिले आफ्नो आन्तरिक कार्यविधि पारित गरेको छ । बिहीबार बसेको बैठकले उक्त आन्तरिक कार्यविधि पारित गरेको हो ।

समितिले पारित गरेको आन्तरिक कार्यविधिमा समितिको बैठकमा बिनासूचना निरन्तर ५ वटा बैठकमा सांसदहरु अनुपस्थित रहे समिति सदस्यबाट निष्कासनमा पर्नसक्ने व्यवस्था छ ।

कार्यविधिमा ५ वटा बैठकसम्म निरन्तर उपस्थित हुन नसक्ने भए समिति सभापतिलाई लिखित जानकारी गराउनुपर्ने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्