काठमाडौं, १२ मंसिर ।
प्रधानमन्त्री केपी ओलीको थप स्वास्थ्य उपचारबारे छलफल गर्न चिकित्सक तथा विशेषज्ञहरुको बैठक बसेको छ । प्रधानमन्त्रीको उपचारका लागि अल्पकालीन र दीर्घकालीन तयारीबारे छलफल गर्न बैठक बसेको हो ।

j[If/f]k0f z’ef/De sfo{qmd
k|wfgdGqL s]kL zdf{ cf]nL /fli6«o j[If/f]k0f lbj;sf cj;/df zlgaf/ sf]6]Zj/–snªsL ;8sv08sf] j[If/f]k0f z’ef/De sfo{qmddf dGtJo JoQm ub}{ . tl:a/ M /f]zg ;fksf]6f
उपचार टिमका संयोजक प्रा.डा.अरुण सायमीका अनुसार प्रधानमन्त्रीको स्वास्थ्य अवस्था स्थिर र सुधारोन्मुख रहेको छ । तर नियमित डायलासिस प्रकियालाई सहज बनाउन त्रिभुवन शिक्षण अस्पताल (टिचिङ) मा प्रधानमन्त्री ओलीलाई सार्ने तयारी भइरहेको र त्यसबारे छलफल चलिरहेको उनले बताए ।
एपेन्डिसाइटिस शल्यक्रियापछि अस्पतालमै आराम गरिरहेका प्रधानमन्त्री ओलीको मिर्गौलाको कार्यक्षमतामा ह्रास आएपछि बुधबार पुनः डायालासिस गरिएको थियो । रगत शुद्धीकरणका लागि डायलासिस गर्नुपरेको चिकित्सकले जनाएका छन् ।
यो उनको पाँचौ पटकको नियमित डायलासिस प्रक्रिया हो । महाराजगन्जस्थित सरकारी अस्पताल मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा बुधबार साँझ डायलासिस गरिएको हो ।
पछिल्लो अपडेटअनुसार प्रधानमन्त्री ओलीले केही हिँड्न र झोलिलो कुरा खान थालेका छन् । उनले सामाजिक सञ्जालमार्फत आफ्नो स्वास्थ्य सुधार हुँदै गइरहेको बताएका छन् ।












