
काठमाडौं । प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सभामुख देवराज घिमिरेको आव्हानमा बैठक बैठक बसेको हो ।
आज (शुक्रबार) अपरान्ह ४ बजे बस्ने संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
संयुक्त बैठक पछि राष्ट्रिय सभा र प्रतिनिधिसभाको छुट्टाछुट्टै बैठक बस्ने छ ।














