Logo
Logo

यातायातका अधिकृतसहित पाँच जना अख्तियारको फन्दामा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १२ मंसिर ।
यातायात व्यवस्था कार्यालय मोटरसाइकल गुर्जुधारा काठमाडौंका शाखा अधिकृत शुक्रप्रसाद भट्टराईसहित पाँच जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । अधिकृत भट्टराई तीन हजार घुससहि गत साता पक्राउ परेका थिए ।
घुस रकम लिने शाखा अधिकृत शुक्रप्रसाद भट्टराई र दिने किरण देउला, उत्तम बिक्रम शाही, रमेशकुमार के.सी. खड्का र सुरेश छुस्याकीलाई आयोगले मुद्दा चलाएको हो ।


अनुसन्धानको सिलसिलामा यातायात व्यवस्था कार्यालय मोटरसाइकल गुर्जुधारा काठमाडौंका शाखा अधिकृत शुक्रप्रसाद भट्टराईले मोटरसाइकल नामसारी गर्ने प्रयोजनका लागि सनाखत गरि दिएबापत रिकन्डिसन हाउसको सम्पर्क कार्यालयमा गई विभिन्न प्रतिनिधिहरुमार्फत जम्मा रू.३,०००र( घुसररिसवत लिएको स(प्रमाण पुष्टि हुन आएको हुँदा निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर अपराध गरेकोले निज शाखा अधिकृत शुक्रप्रसाद भट्टराईलाई बिगो रू.३,०००।( (तीन हजार) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम जरिवाना र कैद सजाय गरी उक्त ऐनको दफा ३ को उपदफा (१) बमोजिम बरामद भएको घुस रकम रु.३,०००र( जफत हुन मागदाबी लिइएको आयोगले जनाएो छ ।
साथै राष्ट्रसेवक कर्मचारीलाई निजको ओहदा वा हैसियतको काम गराउने उद्देश्यले बिरेश अटो स्टेसनका प्रतिनिधि किरण देउला, दिप इन्टरप्राइजेजका प्रतिनिधि गणेशकुमार के.सी. खड्का, ब्रदर(ब्रो) रिकन्डिसन प्रा.लि.का प्रतिनिधि सुरेश छुस्याकी र सिद्दी इन्टरप्राइजेजका प्रतिनिधि उत्तम विक्रम शाहीले जम्मा रू.३,०००र( शाखा अधिकृत शुकप्रसाद भट्टराईलाई दिएको पुष्टि हुन आई निजहरूले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) बमोजिमको कसुर गरेकोले निज प्रतिवादी किरण देउलालाई रू.१,०००र(, गणेशकुमार के.सी. खड्कालाई रू.५००र(, सुरेश छुस्याकीलाई रू.१,०००र( र उत्तम विक्रम शाहीलाई रू.५००र( बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम जरिवाना र कैद सजाय हुन समेत मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्