काठमाडौं, १२ मंसिर ।
सरकारले भूमिसम्बधन्धी एकीकृत विधेयक तर्जुमा गर्न मन्त्रिपरिषद्को सैद्धान्तिक सहमति दिएको छ।

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न सोमबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री गोकुल बाँस्कोटाले सरकारले सो विधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमति दिएको जानकारी गराएका हुन्।
मंसिर ५ गते बसैको मन्त्रिपरिषद् बैठकले यस्तो सहमति दिएको हो।
त्यस्तै बैठकले भारतसँग पारवाहन सन्धि पुनरावलोकनका लागि सहसचिव नवराज ढकालको अध्यक्षतामा १० सदस्ययी टोली गठनको निर्णय समेत गरेको थियो ।












