Logo
Logo

कर प्रणालीमा पुनरवलोकन गरिने


252
Shares

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा कर प्रणालीमा पुनरवलोकन गर्ने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा शुक्रबार आगामी आव २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।

राजस्व प्रशासनलाई थप सुदृढ र चुस्त बनाइने, विद्यमान कर प्रणालीमा पुनरवलोकन गर्ने उनले बताए । राजस्वको दायरा विस्तार गर्ने र सबै प्रकारका आर्थिक क्रियाकलापलाई औपचारिक प्रणालीमा आवद्ध गर्ने उनले घोषणा गरेका हुन् ।

राजस्व चुहावट, न्यून बिजकीकरण, हुण्डी, अवैध कारोबारमा लगानी तथा राष्ट्रिय पूँजी पलायनमा कडाइ गर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्