Logo
Logo

तयारी पूरा भएका आयोजनामा मात्र बजेट विनियोजन हुने


882
Shares

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा तयारी पूरा भएका आयोजनामा मात्रै रकम विनियोजन गर्ने जनाएको छ ।
सरकारको तर्फबाट आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो कुरा जनाएका हुन् ।

राष्ट्रपति पौडेलले प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै भने, ‘विकास आयोजनाहरू निर्धारित समयमा लागत र गुणस्तरमा सम्पन्न गरिने छ, आयोजना तयारीका सम्पूर्ण तयारी सकिएका आयोजनामा मात्रै बजेट विनियोजन गरिने छ ।’ विगतका वर्षहरूमा पनि यस्तै प्रतिवद्धता गरिएको थियो । तर, राजनीतिक दबाबले तयारी नै नगरिएका आयोजनाका लागि बजेट विनियोजन गरिएको थियो ।

हाल सरकारसँग विगतमा अघि बढाइएका आयोजनाको दायित्व नै ४ खर्ब रुपैयाँ माथि पुगेको छ । कति आयोजनाहरू तयारी पूरा हुन नसकेको कारण अझै अघि बढ्न सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्