Logo
Logo

सुकुम्बासीलाई हटाउने सरकारको नीति


2.3k
Shares

काठमाडौं । सरकारले नदी किनारामा बसोबास गर्ने सुकुम्बासीलाई हटाउने नीति लिएको छ । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै भूमिहीन तथा खोला किनाराका सुकुम्बासीलाई व्यवस्थापन गर्ने बताए ।

‘काठमाडौं उपत्यका लगायतका नदी किनारामा रहेका वास्तविक विपन्न र भूमिहीनलाई उपयुक्त स्थानमा स्थानान्तरण गरी अतिक्रमितभूमि खाली गराइने छ’, उनले भने, ‘काठमाडौं उपत्यका लगायत मुलुकका विभिन्न ठूला सहरमा फोहोरमैलाको दिगो र भरपर्दो व्यवस्थापनका लागि नीतिगत र संस्थागत व्यवस्था गरिनेछ ।’

प्रतिक्रिया दिनुहोस्