Logo
Logo

आठ करोडभन्दा बढी ठगी गरेको आरोपका कांग्रेस नेता पक्राउ


22.7k
Shares

काठमाडौं । आठ करोड रुपैयाँ भन्दा ठगी गरेको आरोपमा कांग्रेस नेता पक्राउ परेका छन् । विभिन्न व्यक्तिलाई प्रलोभन देखाई ८ करोड २५ लाख ठगेको आरोपमा कांग्रेस महासमिति सदस्य कृष्णमुरारी पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंले केही दिनअघि गुरुङलाई ठगी मुद्दामा पक्राउ गरेको गुरुङलाई शुक्रबार सार्वजनिक गरेको हो । पक्राउ परेका गुरुङमाथि जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको प्रहरी परीसरका प्रवक्ता एसपी सिताराम रिजालले जानकारी दिए ।

सिन्धुलीको गोलन्जर गाउँपालिका वडा नम्बर ४ स्थायी घर भएका गुरुङले आफ्नो व्यवहार एवं व्यापार मिलाउन भन्दै विभिन्न व्यक्तिलाई ठगी गरेको उजुरीका आधारमा गुरुङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका गुरुङ अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा सिन्धुली–१ बाट उम्मेदवार दाबेदार गरेका थिए । तर, कांग्रेसले श्यामकुमार घिमिरेलाई टिकट उनी टिकट पाउनुबाट व्यञ्चित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्