Logo
Logo

प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार, अझै अस्पतामै एक हप्ता


- दृष्टि न्युज/संवाददाता


 

काठमाडौं, १३ मंसिर । प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य अवस्था क्रमिक सुधार भइरहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले जनाएको छ । अस्पतालले आज पत्रकार सम्मेलन गरी प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी दिएको हो ।
प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको उनका निजी चिकित्सक डा. दिब्या सिंह शाहले बताइन् । ‘प्रधानमन्त्री खतरामुक्त हुनुहुन्छ’ डा. शाहले भनिन् । तर, अझै एक हप्ता अस्पताल बस्नुपर्ने देखिएको उनको भनाइ छ ।
प्रधामन्त्री ओलीको गए मंगलबार एपेन्डिसाइटिस शल्यक्रियापछि अस्पतालमै आराम गरिरहेका छन् । उनको स्वाथ्यमा दैनिक सुधार आइरहेको छ । प्रधामन्त्री ओलीले बुधबारदेखि उठबस गर्न थालेको अस्पतालले जनाएको छ ।
प्रधानमन्त्री ओलीले बिहीबार ट्विट गरेर आफैले पनि आफ्नो स्वास्थ्य सुधारबारे जानकारी गराएका थिए । उनले ‘आफ्नो स्वास्थ्यमा क्रमिक सधार भइरहेको’ बताउँदै आफ्नो स्वास्थ्यबारे चासो राख्नेप्रति धन्यवाद समेत व्यक्त गरेका थिए । अस्पतालले पनि दैनिक विज्ञाप्तिमार्फत प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी गराउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्