Logo
Logo

सुरक्षा खस्किएपछि पोखराका डिएसपी कारबाहीमा


- दृष्टि न्युज/संवाददाता


पोखरा, १३ मंसिर ।
चुनावको बेला सुरक्षा खस्किएपछि कास्कीको वडा प्रहरी कार्यालय बैदामका डिएसपी कारबाहीमा परेका थिए । डिएसपी कोमल शाहलाई इन्चार्जबाट हटाएर कारबाही गरिएको छ ।
बैदामको इलाकामा निरन्तर बम बिष्फोटका घटना भएपनि उनको कमजोरी रहेको भन्दै प्रदेश प्रहरी कार्यालयले हटाएको स्रोत बताउँछ । बैदाममा कसैलाई खटाइएको छैन । चुनावी आचारसंहिताका कारण सरुवा गर्न नमिलेको हो । आइतबार बैदाममा नयाँ डिएसपीको सरुवा हुने छ । बैदाम डिएसपीको लागि आकर्षक पोष्टिङ बनेको छ ।

गत बुधबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत नेता नेकपाको चुनावी सभालाई सम्बोधन गर्न पोखरा आउँदा बिष्फोट भएको थियो ।
दिनको करिब साढे १२ पछि चुनावी सभा परिसरभित्रको डोम नजिकै ठुलो आवाजका साथ बम विस्फोट भयो । त्यतिबेला नेकपाका नेता नेम्वाङले सभालाई सम्बोधन गर्दै थिए ।

चुनावी सभामा भएको विस्फोटबाट सभा परिसर बाहिरको बसमा क्षति पुग्यो । पाँचजना घाइते समेत भएका थिए ।
सको २ दिनअघि मात्रै पनि पोखरा महानगर वडा नम्बर ३३ का अध्यक्ष शिव आचार्यको वडा नम्बर १७ मा रहेको घरमा विस्फोट भयो । विस्फोटबाट गाडीमा क्षति पुगेको छ । यो क्षेत्र पनि बैदाम प्रहरी कार्यालय अन्तर्गत नै पर्दछ । यसका इञ्चार्ज हुन् डीएसपी शाह नै थिए ।
मनोनयन दर्ताको दिन पनि कास्कीमा बिष्फोट भएको थियो । जसकारण सबैको चासो कास्कीको चुनावमा भएकोमा निरन्तर बिष्फोट भएपछि सर्वसाधरणहरु त्रसित छन् । पुलिसिङ कमजोर देखिएको छ । तर, वडाका डिएसपीलाई मात्र कारबाही गरेर जिल्लाका एसपीलाई भने उन्मुक्ति दिइएको पोखराबासीहरु बताउँछन् ।

डिएसपी शाह क्षमताको आधारमा नभई नेताको पावरका आधारमा बैदाम सरुवा भएका हुन् । शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा उनी पिएसओ भएका थिए । त्यही कारण सुरक्षा खस्किएको प्रहरी अधिकारीहरु बताउँछन् ।
प्रहरीमा नेताा निकट र बदनामहरुले अवसर पाउने गरेका छन् । इमान्दार र राम्रा अधिकृतहरुले अवसर नै पाउउदैनन् ।

प्रतिक्रिया दिनुहोस्