Logo
Logo

हरिबहादुर बुढा मगर सगरमाथाको चुचुरोमा


3.3k
Shares

काठमाडौं । रोल्पाका हरिबहादुर बुढा मगरले सगरमाथा आरोहण गरेका छन् । घुँडामाथिसम्म दुवै खुट्टा गुमाएका उनले कृत्रिम खुट्टाको सहयोगमा शुक्रबार दिउँसो सगरमाथा आरोहण गरेका हुन् ।

सन् १९९९ मा ब्रिटिश गोर्खा सेनामा भर्ती भएका उनले अफगानिस्तानको लडाइँमा सन् २०१० मा तालिबानको एम्बुसमा परेर आफ्ना दुवै खुट्टा घुँडाभन्दा माथिबाट गुमाएका थिए । यसअघि दुवै खुट्टा गुमाएका दुई जनाले सगरमाथा आरोहण गरेका थिए । यस वर्षको वसन्त ऋतुमा साढे चार सय जनाभन्दा धेरैले सगरमाथा आरोहण गरिसकेका पर्यटन विभागका निर्देशक युवराज खतिवडाले जानकारी दिए ।

पर्यटन विभागका अनुसार वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि यस वर्ष चार सय ७८ जनाले अनुमति लिएका छन् । अनुमति लिएका आरोहीहरुले कम्तीमा एक जना आरोहण सहयोगी लैजाने भएकाले आरोहण गर्न जानेको सङ्ख्या अनुमति लिनेको दोब्बरभन्दा धेरै हुन्छ ।

यस्तै? यस वर्ष सगरमाथा आरोहणका क्रममा ११ जनाले ज्यान गुमाइसकेका छन् । अहिलेसम्म ११ जनाको शव उद्धार भइसकेको र दुई जना हराइरहेका पर्यटन विभागका निर्देशक एवम् पर्वतारोहण शाखा प्रमुख खतिवडाको भनाई छ । यस वर्ष अघिल्लो शनिवारदेखि सगरमाथाको आरोहण सुरु भएको हो ।

प्रतिक्रिया दिनुहोस्