Logo
Logo

९० हजार घुससहित इन्सपेक्टर पक्राउ


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १३ मंसिर ।
९० हजार घुससहित नेपाल प्रहरीका इन्सपेक्टर पक्राउ परेका छन् । ठगी मुद्दा मिलाइदिन्छु भनी सेवाग्राहीसँग घुस लिँदालिँदै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत प्रहरी निरीक्षक रामकिशोर साह रंगेहात पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बिहीबार जनकपुर उपमहानगरपालिका ८ बाट उनलाई पक्राउ गरिएको हो।
जिप्रका सर्लाहीमा परेको उजुरी उपर उनले डिल गरेका थिए । जनकपुरमा गएको बेला उनी पक्राउ परेका हुन् ।

प्रतिक्रिया दिनुहोस्