काठमाडौं, १३ मंसिर ।
दैनिक जसो कर्मचारीहरु घुससहित पक्राउ परेपनि घुस खाने क्रम रोकिएको छैन । शुक्रबार अख्तियार दुरुपपयोग अनुसन्धान आयोगले दुई कर्मचारीलाई घुससहित पक्राउ गरेको छ । नेपाल प्रहरीका इन्सपेक्टरलाई ९० हजार रुपैयाँ तथा सहरी विकास तथा भवन निर्माण विभागका इन्जिनियरलाई दुई लाख ५० हजार घुससहित आयोगले रंगेहात पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत इन्सपेक्टर रामकिशोर साह घुससहित पक्राउ परेका हुन् । ठगीसम्बन्धि मुद्दामा सहयोग गरदिने भन्दै उनले घुस लिएका थिए । जनकपुर उपमहानगरपालिका– ८ बाट उनलाई आयोगको टोलीले शुक्रबार दिउँसो पक्राउ गरेको हो ।
त्यस्तै सहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयेजना कार्यान्वायन इकाई धनगढीका इन्जिनियर त्रिलोक जोशी दुई लाख ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । बिल पास गर्न उनले ठेकदारसँग घुस लिएका थिए ।