Logo
Logo

यी हुन् प्रधानमन्त्री सहभागी हुने आजका तीन कार्यक्रम


1.1k
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज तीन फरक कार्यक्रममा सहभागी हुँदै छन् ।

उनले बिहान ११ बजे संघीय संसद्को प्रतिनिधिसभामा नेपाल सरकारको आव २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दै छन् ।

मध्याह्न १२ बजे राष्ट्रिय नाचघर, जमलमा बेपत्ता स्मृति दिवसको कार्यक्रममा सहभागी हुँदै छन् । त्यसैगरि उनले दिउँसो १ बजे अनेमसंघ (क्रान्तिकारी)को विधान सम्मेलन उद्घाटन गर्दै छन् ।

उक्त कार्यक्रम नेकपा माओवादीको मुख्यालय पेरिसडाँडामा आयोजना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्