Logo
Logo

गोरखाको बुंकोट स्वास्थ्य चौकीमा आगलागी


756
Shares

गोरखा । गोरखाको शहीद लखन गाउँपालिका वडा नम्बर ७ स्थित बुंकोट स्वास्थ्य चौकीमा आगलागी भएको छ ।

आज (आइतबार) बिहानै चौकीको माथिल्लो तलामा लागेको आगोबाट प्रशासन कक्ष, स्टोर र क्वाटरमा क्षति पुगेको छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको टोलीले करिब दुई घण्टापछि आगो नियन्त्रणमा लिएका थिए । आगो निभाउन गोरखा नगरपालिकाको दमकल प्रयोग गरिएको थियो ।

उक्त स्वास्थ्य चौकीमा आगलागीको समयमा कोही नबसेकाले विद्युत सर्ट भएर आगो लागेको हुनसक्ने प्रहरीको अनुमान छ ।

दुई तले भवन रहेको स्वास्थ्य चौकीको माथिल्लो तलामा आगो लागेपछि तल्लो तलाका सामानहरु बाहिर निकालिएको थियो ।

प्रतिक्रिया दिनुहोस्