काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले विपन्न,असहाय, बेवारिसे बिरामीको निशुल्क उपचार नगर्ने निजी अस्पताललाई कारबाही गर्ने भएको छ ।

मेयर बालेनले निजि अस्पताललाई उपचारका लागि आउने विपन्न, असहाय, बेवारिसे बिरामीका लागि कुल शय्याको दश प्रतिशत शय्या छुट्याइ सेवा दिएको विवरण अनिवार्य रुपमा हरेक महिनाको १० गते भित्र बुझाइसक्न निर्देशन दिएका हुन् ।
महानगर अन्तर्गतको स्वास्थ्य विभागले जारी गरेको सूचनामा विपन्न बिरामीका लागि सबै अस्पतालमा दश प्रतिशत शय्या छुट्याउन भनिएको छ । यो निर्देशनलाई काठमाडौं महानगरले पुन सार्वजनिक गर्दै कारबाही गर्ने मेयर बालेनले दिएका हुन् ।
मेयर बालेनले महानगरपालिका क्षेत्रभित्रका केन्द्र, प्रादेशिक स्थानीय सबै प्रकृतिका स्वास्थ्य संस्थालाई उक्त निर्देशन दिएका हुन् ।
सामाजिक सञ्जाल फेसबुकमा मार्फत उनले सबै स्वास्थ्य संस्थाहरुलाई यस कुराको जानकारी दिएका छन् । साथै निजी अस्पताल एवं स्वास्थ्य संस्थाहरूले स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन गर्ने अस्पताल भित्र रहेका क्यान्टिनमा खाद्य गुणस्तर कायम गर्ने, अनावश्यक प्रयोगशाला परीक्षणको लागि सिफारिस नगर्न पनि महानगर अन्तर्गतको स्वास्थ्य विभागले जारी गरेको सुचनामा उल्लेख छ ।











