Logo
Logo

राष्ट्रिय जनमोर्चाले भन्यो- संघीयता खारेजी गर्नुपर्छ


441
Shares

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सांसद चित्रबहादुर केसीले सरकारको नीति तथा कार्यक्रमबाट संघीयता हटाउनुपर्ने बताएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा सरकारको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले संघीयता खारेजीको कुरा सरकारको नीति तथा कार्यक्रममा उल्लेख हुनुपर्ने बताएका हुन् । नेपालमा संघीयता बिरुद्धको जनमत तयार भइरहेको समेत उनले बताए ।

अध्यक्ष केसीले भने, ‘नीति कार्यक्रमको बुँदा नम्बर १ मा संघीय शब्द राखिएको छ, त्यसलाई हटाउनुपर्छ भन्ने हाम्रो पार्टीको माग छ । अहिले संघीयताको भारी यो मुलुकले बोकिराखेको छ कि, संघीयताका बिरुद्धमा नेपालमा जनमत तयार गइराखेको छ ।’

उनले कालापानीबाट भारतीय सेना हटाउने कुरा पनि नीति, कार्यक्रममा उल्लेख हुनुपर्ने बताए । ‘कालापानीबाट भारतीय सेना हटाइनेछ भन्ने वाक्य थप गर्नुपर्छ’ उनले भने, ‘संविधान र संघीयताको प्रभावकारी कार्यान्वयन भन्ने वाक्यांश हटाई संघीयता खारेज गरी संविधानको कार्यान्वयन भन्ने वाक्यांश राख्नुपर्छ । संघीयता हुँदैन ।’ जनमोर्चाले सुरुदेखि नै संघीय प्रणालीको विरोध गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्