Logo
Logo

पोखराको तीन मतदान केन्द्रनजिक बम बिस्फोट, मतदान जारी


- दृष्टि न्युज/संवाददाता


पोखरा, १४ मंसिर । पोखरामा तीन  मतदान केन्द्रमा बम बिस्पोट भएको छ । पोखरा–९ नयाँबजारको नवप्रभात माध्यामिक विद्यालय नजिकै बम बिस्फोट भएको छ भने पोखरा–३३ बागमाराको सरस्वती टीका मावी र पोखरा–१६ अर्मलाको शान्ति मावी नजिकै पनि बम बिस्फोट भएको छ ।
बागमारामा मतदान केन्द्रको ५ सय मिटर नजिकै बम बिस्फोट भएको प्रहरीले जनाएको थियो । पोखरा १६ अर्मलामा समाजवादीका धर्मराज गुरुङले मतदान गर्न लागेको समयामा बम बिस्फोट भएको थियो । मतदान केन्द्रभन्दा करिब ५० मिटर नजिकै बम बिस्फोट भएको प्रहरीले जनाएको छ ।
घटना कस्ले घटायो भन्ने बारे अझै यकिन हुन सकेको छैन । यो घटनाबाट पनि मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । बम बिस्फोटबाट मानवीय क्षति भने नभएको प्रहरीले उल्लेख गरेको छ । बम बिस्फोटपछि पनि मतदान जारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्