Logo
Logo

शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज बुझाइँदै


1.7k
Shares

काठमाडौं। नक्कली भुटानी शरणार्थीमा मुछिएकाहरु माथीको अनुसन्धान प्रतिवेदन आज बुझाइदैछ ।

जिल्ला प्रहरी कार्यालयले हालै पक्राउ परेका माथी गरिएको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिलको कार्यालयमा बुझाउन लागेको हो ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै करोडौं असुली गर्ने प्रयासमा कम्तिमा ३२ जना संलग्न रहेको निष्कर्षका साथ आज प्रतिवेदन बुझाउन लागिएको हो ।

सो प्रकरणमा पुर्व गृहमन्त्री बालकृष्ण खाँड, पुर्व मन्त्री टोपबहादुर रायमाझी, नेपाल सरकारका सचिव टेकनारायण पाण्डेलगायतलाई पक्राउ गरी झन्डै दुई महिना देखी जारी अनुसन्धानको प्रारम्भिक प्रतिवेदन बुझाउन लागेको प्रहरीले जनाएको छ ।

उक्त प्रतिवेदन हिजो (आइतबार) नै बुझाउने भनिए पनि कागजात अपुग भए पछि आज बुझाउन लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्