Logo
Logo

उपनिर्वाचन :१७४ मत ल्याएर थवाङमा नेकपा विजयी


- दृष्टि न्युज/संवाददाता


खानेपानीमन्त्री बीना मगर कञ्चनपुको पुर्नवास नगरपालिका–३ मा शनिबार भइरहेको वडाध्यक्षको उपनिर्वाचनमा मतदान गर्दै ।

 

थबाङ, १४ मंसिर । थवाङ गाउँपालिका–१ को वडाध्यक्ष पदका लागि आज भएको मतदानमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार जनकबहादुर बुढामगर विजयी भएका छन् ।
बुढामगर १७४ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका कलमबहादुर रोकामगरले २६ मत प्राप्त गरे । नौ जनाको मत बदर भएको प्रमुख निर्वाचन अधिकृत रमेशप्रसाद ज्ञवालीले जानकारी दिए । एक हजार २८४ मतदाता रहेको उक्त वडामा २०९ जनाले मात्रै मतदान गरेका थिए । मतदान गर्नेमा ९७ महिला तथा ११२ पुरुष थिए ।

प्रतिक्रिया दिनुहोस्