Logo
Logo

श्रीमान् बालकृष्णलाई भेट्न हिरासत पुगिन् मञ्जु


10.3k
Shares

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पुर्वगृहमन्त्री बालकृष्ण खाणलाई भेट्न श्रीमती मञ्जु खाण प्रहरी हिरासतमा पुगेकी छन् ।

सोमबार बिहान उनी टेकुस्थित जिल्ला प्रहरी कार्यालयमा पुगेकी हुन् । नेपाली नागरिकलाई नक्कली कागजात खडा गरी भुटानी शरणार्थी बनाई अमेरिका पठाउने भन्दै करोडौं रुपैयाँ ठगी गरेको उक्त प्रकरणमा सांसद मञ्जु खाण पनि संलग्न रहेको भन्ने अडियो सार्वजनिक भएपछि उनी फरार थिइन् ।

पुर्वगृहमन्त्री खाण पक्राउ परेको १३ दिनपछि उनी श्रीमानलाई भेट्न हिरासत पुगेकी हुन् । जिल्ला प्रहरी कार्यालयको हिरासतमा उनले श्रीमान् खाणसँग भेटघाट गरेको एक प्रहरी अधिकारीले जानकारी दिए ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नता देखिएका पुर्वगृहमन्त्री खाण वैशाख २७ गते चुच्चेपाटीबाट पक्राउ परेका थिए ।

शरणार्थी प्रकरणमा हालसम्म १६ जना पक्राउ परेका छन् । प्रहरीले आज उक्त प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाउने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्