Logo
Logo

ओलीलाई कांग्रेस सांसदको जवाफ- नीति तथा कार्यक्रम पुर्नलेखनको इतिहास छैन


693
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद जीवन परियारले सरकारले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम अहिलेसम्म पुर्नलेखन गर्ने प्रचलन नरहेको बताएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम काम नलाग्ने रहेको भन्दै पुर्नलेखन गर्न सुझाव दिएपछि सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नीति तथा कार्यक्रम पुर्नलेखनको इतिहास नभएको जवाफ दिएका हुन् ।

‘यो नीति तथा कार्यक्रममा पूर्वप्रधानमन्त्रीले धेरै विचार राखिसक्नुभएको छ । मैले सुने यो काम लाग्दैन पुर्नलेखन गर्नुप¥यो भन्ने पनि सुने । हामीले २०७४ सालपछि बनेका सरकारको नीति तथा कार्यक्रम पनि पढेका छौं,’ उनले भने, ‘पूर्वअर्थमन्त्रीहरूले पेश गरेको बजेट पनि देखेका छौं । म स्मरण गराउन चाहन्छु तर इतिहासमा कतै पुनर्लेखन गरेको छैन ।’

प्रतिक्रिया दिनुहोस्