Logo
Logo

उपनिर्वाचन अपडेट : वडाध्यक्षमा नेकपाको वर्चस्व


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १५ मंसिर । शनिबार सम्पन्न उपनिर्वाचनमा अधिकांश वडाहरुको निर्वाचन परिणाम प्राप्त भएको छ । प्राप्त मतपरिणाम अनुसार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले अधिकांश वडामा जितेको छ भने गणना जारी रहेका वडामा पनि नेकपाले नै अग्रता लिएको जनाइएको छ ।
मार्तडी : बाजुराको त्रिवेणी नगरपालिका–१ छतारामा वडाअध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पाटी (नेकपा)का मनराज बुढा विजयी भएक छन् । बुढाले ३६७ मत प्राप्त गरी प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार खगेन्द्र चदारालाई २१ मतले पराजित गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
कूल एक हजार ३९ मतदाता रहेकामा ७२७ मत खसेका थिए । तीमध्ये विजयी बुढा २०७४ सालको निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार खम्म नेपालीसँग ३५ मतान्तरले पराजित हुनुभएको थियो । वडाअध्यक्ष नेपालीको गत वर्ष असार १३ गते जीप दुर्घटनामा मृत्यु भएको थियो ।
दाङ : घोराही उपमहानगरपालिका–१६ को वडाध्यक्ष पदमा नेपाली काँग्रेसका ताराबहादुर डाँगी विजयी भएका छन् । डाँगी एक हजार २२२ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सुरेशबहादुर केसी एक हजार ११७ मत प्राप्त गरी पराजित भएका छन् ।
चार हजार ४५३ मतदाता रहेकामा तीन हजार २२६ मत खसेका थिए जसमा ६८ मत बदर भएको थियो । गएको निर्वाचनमा सो वडामा नेकपा एमालेका लछिनप्रसाद बुढा विजयी भएका थिए । उनको निधन भएपछि अहिले वडामा उपनिर्वाचन भएको हो ।
राजविराज : सप्तरीको छिन्नमस्ता गाउँपालिका–७ को वडाध्यक्ष पदमा महिला उम्मेदवार विजयी भएका छन् । मतगणना परिणामअनुसार राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र समाजवादी पार्टीका साझा महिला उम्मेदवार प्रमिलादेवी यादवले ५४० मत ल्याएर विजयी भएका छन् । उनले प्रतिद्वन्द्वी नेकपाका उम्मेदवार अच्छेलाल यादवलाई ११ मतले पराजित गर्दै महिला उम्म्ेदवार प्रमिलादेवी विजयी भएका छन् ।
मेलम्ची : सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–८ को अध्यक्षका लागि भएको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केदारनाथ आचार्य विजयी भएका छन् । उनले नेपाली काँग्रेसका अशोक तामाङलाई पराजित गरेका हुन् । आचार्य ७१२ मत ल्याएर विजयी भएका हुन् । तामाङले भने ४३९ मत प्राप्त गर्नुभएको छ । सो वडामा यसअघि काँग्रेसले जितेको थियो । वडाध्यक्ष धनबहादुर श्रेष्ठको निधनपछि यहाँ उपनिर्वाचन गरिएको हो ।
जलेश्वर : महोत्तरीको मटिहानी नगरपालिका वडा नं ६ को वडाध्यक्षको निर्वाचनमा राष्ट्रिय जनता पार्टी नेपाल विजयी भएको छ । मुख्य निर्वाचन अधिकृत विष्णु सुवेदीका अनुसार राजपाका उम्मेदवार रामबाबु नायक विजयी हुनुभएको हो । राजपाका रामबाबु नायक ३७५ मत ल्याई विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार जाकिर अंसारीले ३५५ मत ल्याएको मुख्य निर्वाचन अधिकृत सुवेदीले बताए ।
यस्तै बलवा नगरपालिकाको वडा नं २ को वडाध्यक्षको उपनिर्वाचनमा नेपाली काँग्रेस विजयी भएको छ । मुख्य निर्वाचन कार्यालयका अनुसार नेपाली काँग्रेस पार्टीका विपिन पञ्जियार सुडी ४६१ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय जनता पार्टी नेपालका उम्मेदवार वृजलाल साह सुडीले ३५२ मत ल्याउनुभएको मुख्य निर्वाचन अधिकृत सुवेदीले बताए ।
अर्घाखाँची : मालारानी गाउँपालिका–३ मा नेपाली काँग्रेसका उम्मेदवार शोभाखर खनाल एक हजार १५९ मत प्राप्त गरेर विजयी भएक हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का यमलाल खनालले एक हजार ५३ मत प्राप्त गरेका थिए ।
रौतहट : गडीमाई नगरपालिका–२ मा भएको वडाध्यक्षको निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार दीपेन्द्र श्रेष्ठ ७७१ मत प्राप्त गरी विजयी भएक छन् । श्रेष्ठ १७५ मतको अन्तरले विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार जवार मियाले ५९६ मत प्राप्त गरेका थिए ।
बनेपा : वडाध्यक्ष पदका लागि धुलिखेल नगरपालिका–२ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का देवप्रसाद कोइराला ८६७ मत प्राप्त गरी विजयी भएका छन् । जिल्ला निर्वाचन अधिकारी उमेश राईका अनुसार उहाँका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका दर्णबहादुर खत्रीले ५८२ मत प्राप्त गरेका थिए ।
गुल्मी : रुरु क्षेत्र गाउँपालिका–६ मा वडाध्यक्ष पदका लागि सम्पन्न निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार गिरीप्रसाद सिञ्जाली विजयी भएका छन् । उनले नेपाली काँग्रेसका उम्मेदवार बेदप्रसाद दर्लामीलाई पराजित गरेका हुन् । सिञ्जालीले ८०२ मत प्राप्त गरेका थिए भने उनका प्रतिस्पर्धी नदर्लामीले ७२७ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालयका अधिकृत राजेन्द्र पोखरेलले बताए । तत्कालीन नेकपा एमालेबाट निर्वा्चित वडाध्यक्ष पूर्णबहादुर रेग्मीको निधन भएपछि उपनिर्वाचन गरिएको हो ।
कावासोती : नवलपरासी पूर्व नवलपुरको बौदीकाली गाउँपालिका–५ मा वडाध्यक्ष पदका लागि भएको निर्वाचनमा सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार विजयी भएका छन् ।
नेकपाका उम्मेदवार खिमबहादुर थापा खरु मगर विजयी हुनुभएको हो । उहाँले कुल ३६७ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँगे्रसका उम्मेदवार तुलबहादुर रानाले २११ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले बताए । नेकपाका उम्मेदवार मगरले आफ्ना प्रतिद्वन्द्वी रानालाई १३६ मत अन्तरले पराजित गरेका हुन् ।
लहान :सिरहाको कल्याणपुर नगरपालिका–१२ को वडाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दिलीपकुमार यादव ८२५ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटम प्रतिद्वन्द्वी राष्ट्रिय जनता पार्टीका प्रदीपकुमार महतोले ६५४ मत प्राप्त गर्नुभएको छ भने नेपाली काँग्रेसका राजकुमार मुखियाले ६१५ मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत योगेन्द्रप्रसाद साहले जानकारी दिए । नेपाली काँग्रेसबाट निर्वाचित रामदेव यादवको २०७५ वैशाख १८ गते मृत्यु भएपछि उपनिर्वाचन गरिएको हो ।
भोजपुर : पौवादुङमा गाउँपालिका–१ को वडाध्यक्ष पदमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार जीतेन्द्र राई नेपाली काँग्रेसका उम्मेदवार सम्मरबहादुर कार्कीलाई ४३७ मतान्तरले हराउँदै विजयी भएका हुन् । राईले ६९१ मत प्राप्त गर्नुभयो भने उहाँका प्रतिद्वन्द्वी कार्कीले २५४ मत प्राप्त गरेका छन् ।
बैतडी : यहाँका तीन वडामध्ये दुई वडामा नेपाली काँगेस र एक वडामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले विजयी हात पारेको छ । गए राति सम्पन्न मतगणनामा दोगडाकेदार गाउँपालिका–४ मा काँग्रेसका सुरेन्द्रप्रसाद भट्ट, पुर्चांैडी गाउँपालिका–४ मा नेकपाका शैलेन्द्र धानुक र सुर्नया गाउँपालिका–१ मा काँग्रेसका गजेन्द्रबहादुर चन्द विजयी भएका छन् ।
अन्तिम मत परिणाममा दोगडाकेदार–४ मा विजयी भट्टले निकटतम प्रतिद्वन्दी नेकपाका नरेन्द्रप्रसाद भट्टलाई १०० मतले पराजित गरेका छन् । एक हजार ९८ मतमध्ये विजयी भट्टले ५८४ मत प्राप्त गर्नुभयो भने निकटतम प्रतिद्वन्द्वी भट्टले ४८४ मत प्राप्त गरेका थिए ।
यस्तै पुर्चौंडी–४ मा नेकपाका धानुक १०५ मत बढी मत ल्याएर विजयी भएका छन् । एक हजार ३३० मतमा विजयी धानुकले ६६३ मत प्राप्त गरे भने निकटतम प्रतिद्वन्द्वी काँग्रेसका गोविन्दबहादुर धामीले ५५८ मत प्राप्त गरेका थिए ।
सुर्नया–१ मा काँग्रेसका उम्मेदवार चन्द ४३८ मतमा २१९ मत प्राप्त गर्दै विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी नेकपाका धनबहादुर चन्दले २१५ मत प्राप्त गरेका थिए ।
संखुवासभा : खाँदबारी नगरपालिका–३ को वडाध्यक्षका लागि भएको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का भरत घिमिरे विजयी भएका छन् । उनले ७९६ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका विक्रम गुरुङले ४६७ मत प्राप्त गरेका थिए ।
यसैगरी मकालु गाउँपालिको अध्यक्षका लागि भएको उपनिर्वाचनमा मकालु गाउँपालिकाका १० वटै स्थानमा भएको निर्वाचनको सम्पूर्ण मतपेटिका नुम बजारमा आइपुगेको र अहिले मतगणनाका लागि सर्वदलीय बैठक बसिरहेकाले केही बेरपछि मतगणना शुरु हुने निर्वाचन अधिकृत तिलकबहादुर कार्कीले जानकारी दिए ।
पाँचथर : फदिमनगरपालिका–१ मा सतारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार गजाधर भट्टराई भारी मत अन्तरले विजयी भएका छन् । भट्टराई ४७४ मत अन्तरले विजयी भएका हुन् ।
कूल तीन हजार ६७६ मतदातामध्ये दुई हजार ६८२ मत खसेकामा भट्टराईले एक हजार ४४६ मत प्राप्त गरी विजयी भएका हुन् । नेपाली काँग्रेसका उम्मेदवार सुबराज थापाले ९७२ मत पाए । यहाँ यसअघिको चुनावमा काँग्रेसले जितेको थियो । त्यसबेला भट्टराई काँग्रेसका हर्क मोक्तानसँग पाँच मतले पराजित भएका थिए ।
त्यस्तै, हिलिहाङ गाउँपालिका–७ मा नेकपाका उम्मेदवारलाई पराजित गर्दै नेपाली काँग्रेसका तिलविक्रम इधिङगोले ८४२ मत प्राप्त गरेर नेकपाका गेहनाथ रिजाललाई ३० मत अन्तरले पराजित गरेका हुन् । कूल दुई हजार ६०० मतदाता रहेको वडामा शनिबार भएको चुनावमा एक हजार ६९३ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्