काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले नेकपा एमालेका सांसद योगेश भट्टराईलाई ‘बा’लाई खुसी पार्न जनयुद्ध शब्दमाथि टिप्पणी गरेको आरोप लगाएका छन् ।

सोमबार प्रतिनिधिसमा बैठकमा आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा सत्तारूढ दलका सांसद सापकोटाले एमाले संसदा भट्टराईलाई संसद्मै ‘बैगुनी कमरेड’ भन्दै व्यङ्ग्य समेत गरे ।
‘बालाई खुसी पार्न आफ्नो निष्ठा बन्धकी राखेर व्यङ्ग्य गर्ने बैगुनी कमरेडलाई भन्न चाहन्छु, जनयुद्ध महान क्रान्ति थियो । गर्वका साथ यो रोस्टमबाट जनयुद्ध जिन्दावाद भन्न चाहन्छु,’ सांसद सापकोटाले भने, ‘बीपी कोइरालाको राजा महेन्द्रसँग निकै ठूलो टकराब पर्ने बेलामा उहाँले एकदिनको डायरीमा कोटेसन लेख्नुभएको रहेछ, हुन त ज्ञान पनि पूर्ण त हुँदैन तर पनि नियतिमा भन्दा पनि ज्ञानमै नै बढी निर्भर रहनुपर्छ जिन्दगी ! म एकपटक बैगुनी कमरेडलाई बीपीको डायरी अध्ययन गर्न अनुरोध गर्दछु ।’











