Logo
Logo

धरानमा नेकपा– कांग्रेस तिव्र प्रतिस्पर्धा


- दृष्टि न्युज/संवाददाता


धरान, १५ मंसिर ।
धरान उपमहानगरपालिकामा नेकपा र कांग्रेसका उम्मेदवारबीच तिव्र प्रतिस्पर्धा देखिएको छ । ४ वटा वडाको मत गन्दा ५७ मतको अन्तर छ ।
पछिल्लो मतपरिणाम अनुसार ९८५१ भोट गणना हुँदा नेकपा उम्मेदवार प्रकाश राई प्रकाश राई ४५७४ मतका साथ अगाडि छन्। कांग्रेस उम्मेदवार तिलक राई ४५१७ मतका साथ पछ्याइरहेका छन्।

धरान उपमहानगरपालिकामा ५५ हजार ११ मत खसेको छ। कूल मतदाता संख्या ९२ हजार ८५३ मध्येमा यति मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार १७, १८, १९ र २० नम्बर वडाको मतगणना सम्पन्न भएको छ।

प्रतिक्रिया दिनुहोस्