Logo
Logo

ढिस्कोमा पुरिएर तीनको मृत्यु, अन्य केही पुरिएको आशंका


- दृष्टि न्युज/संवाददाता


कास्की, १५ मंसिर । पोखरा महानगरपालिका–२० मौजाको विसौनामा आज बिहान बाटो खन्ने क्रममा माटोको ढिस्कोमा पुरिएर तीन जनाको मृत्यु भएको छ भने अन्य केही पुरिएको आशंका गरिएको छ ।
सडक निर्माणका क्रममा एक्कासि माथिबाट आएको माटोको ढिस्कोमा पुरिएका कामदारमध्ये तीन जनाको शवबाहिर निकालिएको सोही वडाका वडाध्यक्ष सिमबहादुर गुरुङले जानकारी दिए । अझै तीन–चारजना ढिस्कोमा पुरिएको हुन सक्ने आशंका स्थानीयवासीले गरेका छन् । पुरिएकालाई बाहिर निकाल्ने कार्य जारी रहेको उहाँले जानकारी दिनुभयो । अहिले प्रहरी घटनास्थलतर्फ जाँदै गरेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्