Logo
Logo

उदयपुर साकेलामा कोशी प्रदेश नाम खारेजीको माग


315
Shares

काठमाडौं । उदयपुरको गाईघाटस्थित मुख्य चोकमा मंगलबार साकेला प्रदर्शन गरिएको छ । कोशी प्रदेश नामाकरण खारेज संयूक्त संघर्ष समिति उदयपुरको आयोजना तथा किरात राई यायोख्खा उदयपुरको समन्वयमा साकेला नाचेर बृहत सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रममा र्याली तथा बिभिन्न ठाउँका साकेला सिल्ली नाचको प्रदर्शन गरिएको थियो । बृहत सांस्कृतिक कार्यक्रममा बेलका, चौदण्डीगढी कटारी र गाईघाटका किरात समुदायहरुले सहभागी जनाएका थिए ।

कार्यक्रमलाई सम्वोधन गर्न जनजाति नेता तथा पहिचानवादी अभियानकर्ताहरु उदयपुरको गाईघाट पुगेका थिए । आदिवासी जनजाती नेता आङ्काजी शेर्पा, राजनितिक बिश्लेषक तथा लेखक युव पाठक, पूर्व मन्त्री गोपाल किराती, किरात राष्ट्रिय समितिका अध्यक्ष रमेश राई र यायोख्खा माहासचिव भिम राई लगायतले कार्यक्रमलाई सम्बोधन गरेका थिए । त्यस क्रममा उनिहरुले पहिचान बिरोधीहरुलाई होसियार रहन र पहिचानको आधारमै प्रदेशको नामाकरण गर्न सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस्