Logo
Logo

शरणार्थी प्रकरणमा नाम जोडिएका जोसुकै भए पनि छानबिन हुनुपर्छ : गगन थापा


2.8k
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले नक्कली शरणार्थी प्रकरणमा नाम जोडिएका जो कोहीमाथि छानबिन र अनुसन्धान हुनुर्पो बताएका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा बोल्दै उनले सरकारले गरिरहेको अनुसन्धानमाथि आसंका व्यक्त गर्दै शरणार्थी प्रकरणमा नाम मुछिएका जोसुकै भए पनि उनीहरुमाथि पनि निष्पक्ष छानबिन गर्नुपर्ने बताएका हुन् ।

‘नक्कली शरणार्थी प्रकरणलाई सरकारले राम्रोसँग टुंग्यायो भने प्रशंसा हुन्छ’, उनले भने, ‘यो राज्यविरुद्धको अपराधमा संलग्न एक एक मान्छेलाई कारबाही हुनुपर्छ । दूधको दूध पानीको पानी हुनुपर्छ । तर सरकारले गरेको अनुसन्धान प्रक्रिया फेयर भएन भने, लक्पाकयो भने विकल्प खोजी हुन्छ, जनताले हेरिरहेका छन्। यदि त्यस्तो भयो भने फेरि प्रश्न उठ्छ र विकल्पको खोजी हुन थाल्छ ।’

उनले यो प्रकरणमा समाजका कोको परे, को को परेनन् भन्ने कुराले लाज पनि लजाउन थालेको बताए । कांग्रेस महामन्त्रीसमेत रहेका थापाले घरको या बार्दलीको जहाँसुकैको भए पनि छुट्न नहुने बताए ।

प्रतिक्रिया दिनुहोस्