काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा ठूला नेताहरुको जोडिएसँग भ्रष्टाचारको विरुद्धमा प्रदर्शनहरु दिनदिनै हुन थालेको छ । यसैक्रममा बुधबार काठमाडौंमा नक्कली शरणार्थी प्रकरणमा मुछिएकाहरू विरुद्ध विरोध प्रदर्शन भएको छ ।

काठमाडौंको माइतीघरदेखि नयाँ वानेश्वरसम्म भएको ¥याली तथा विरोध प्रदर्शनमा अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ, क्रान्तिकारी ट्रेड युनियन महासंघलगायत विभिन्न संगठनहरूको सहभागिता रहेको थियो । उनीहरुले ‘सिंहदरबार, बालुवाटार जताततै भ्रष्टाचार’, भ्रष्टाचार तोड्नुपर्छ, सिंगो नेपाल जोड्नुपर्छ’, ‘ढादौँ भ्रष्ट शासन भो, सत्ता मजदुर किसानको’ लगायतका पम्प्लेट बोकेका थिए ।











