Logo
Logo

शरणार्थी प्रकरणबारे योगेशले भने- मेरै नाम आएपनि बयानका लागि जान्छु


2k
Shares

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले नक्कली शरणार्थी प्रकरणको अनुसन्धानमा एमालेले पुर्णरुपमा सहयोग गर्ने बताएका छन् । बुधबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले निष्पक्ष पारदर्शी र स्वतन्त्र ढंगले छानविन गर्न सरकारलाई भनिसकेको भन्दै एमालेले यस प्रकरणको अनुसन्धानमा सहयोग गर्ने बताएका हुन् ।

उनले पार्टीकै अन्य नेताहरुको नाम आएपनि प्रहरी बोलाए बयानका लागि जानुपर्ने जिकिर गरे । भट्टराईले कसैले भनेकै भरमा दोषी कायम नहुने भन्दै आफ्नो नाम परेपनि बयानका लागि जाने बताए ।

त्यस्तै, माओवादी केन्द्रका सांसद माधव सापकोटाले प्रधानमन्त्रीसम्म नै शरणार्थी प्रकरणको पहरो तानिएपनि अनुसन्धानबाट पछि हट्न नहुने बताए ।

उनले यस प्रकरणमा नाम आएकाले प्रहरीसमक्ष गएर बयान दिएर अनुस्न्धानमा सघाउनुपर्ने उल्लेख गरे । त्यस्तै, यस प्रकरणमा नाम आएका बहालवाला पदाधिकारीहरुले पनि सम्बन्धीत पदबाट हटेर अनुसन्धानमा सघाउनुपर्ने बताए ।

त्यस्तै, कांग्रेस सांसद रामहरी खतिवडाले निष्पक्ष छानविन हुनुपर्ने र बयानमा नाम आएकाहरुले पनि अनुसन्धानमा सहयोग गर्नुपर्ने बताए । त्यस्तै, जसपा अध्यक्ष उपेन्द्र यादवले अनुसन्धान निष्पक्ष हुनुपर्ने र दोषीलाई कानूनबमोजिम कारवाही गर्नुपर्ने धारणा राखे ।

प्रतिक्रिया दिनुहोस्