
काठमाडौं । एमाले निकट राष्ट्रिय युवा संघ नेपालले नक्कली भुटानी शरणार्थी प्रकरणमा निर्दोष फसाउने खेल भएको भन्दै छानबिनको माग गर्दै उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसमक्ष ज्ञापनपत्र बुझाएको छ ।
मानव तस्करीको समग्र पक्षमा नगई अपुरो अधुरो अनुसन्धान गर्ने र निर्दोष फसाउने योजनाका साथ काम भएको भन्दै युवा संघले उक्त अनुसन्धान र काम कारबाहीको छानबिन गर्न माग राखेर ८ बुँदे ज्ञापनपत्र बुझाएको हो ।
नेपालीलाई नक्कली भुटानीस् सरणर्थी बनाई हमेरिकालगायत तेस्रो मुलुक पठाउने भन्दै करोडौं गरी गरेको आरोपमा प्रहरीले १६ जनालाई पक्राउ गरी मुद्दा दायर गरेको छ ।
प्रहरीले हाइप्रोफाइलसहित १६ जनालाई पक्राउ गरी लामो समय अनुसन्धनगरी ३३ जनाविरुद्ध मुद्दा दायर गर्नु भन्दै सरकारी वकिलको कार्यालय काठमाडौंमा मंगलबार प्रतिवेदन बुझाएको थियो । वकिलको कार्यालयले बुधबार जिल्ला अदालत काठमाडौंमा ३० जनाविरुद्ध मुद्दा दायर गरेको छ ।
शरणार्थी प्रकरणमा तत्कालीन गृहमन्त्री बालकृष्ण खाण, नेकपा एमाले का निलम्बित सचिव एवं पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, तत्कालीन गृहसचिव (निलम्बित सचिव) टेकनारायण पाण्डे, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार डा।इन्द्रजीत राई, हज समितिका अध्यक्ष शमशेर मियाँ, पूर्वसभासद आङटावा शेर्पा, तत्कालीन गृहमन्त्री खाणका स्वकीय नरेन्द्र केसी, सन्दीप रायमाझीसहित गिरोह केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, टङ्क गुरुङ, गोविन्द चौधरी र रामशरण केसी पक्राउ परेका छन् ।
पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक, इन्द्रजित राईका छोरा नीरजसहितका १७ जना अझै फरार छन् ।












