Logo
Logo

मकालु गाउँपालिकाको अध्यक्षमा नेकपाका उम्मेदवार विजयी


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १५ मंसिर।
संखुवासभाको मकालु गाउँपालिकाको अध्यक्षमा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी ९ने क पा०का तेजबहादुर पोख्रेल विजयी भएका छन्। पोख्रेल ३ हजार १८ मत ल्याएर विजयी भएका हुन्। ८०२ मतको अन्तरले उनी विजयी भएको निर्वाचन कार्यालयले जनाएको छ ।


उनका प्रमुख प्रतिस्पर्धी नेपाली कांग्रेसका विमन पराजुलीले २ हजार २१६ मत मात्र ल्याएका थिए। ९ हजार १ मतदाता रहेको मकालुमा ५ हजार ७ सय ७४ मत खसेको थियो।
मकालु गाउँपालिकाको अध्यक्षमा यसअघि ने क पा एमालेका खड्ग कटुवालले जितेका थिए। कटुवालको सडक दुर्घटनामा मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस्