Logo
Logo

भारतीय विदेशमन्त्री जयशंकर र नेपाली राजदूत शर्माबीच भेटवार्ता


1k
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणको मिति नजिकिँदै गर्दा भारतीय विदेशमन्त्री एस. जयशंकर र भारतका लागि नेपाली राजदूत डा शंकर शर्माबीच भेटवार्ता भएको छ । उनीहरुबीच बिहीबार भेटवार्ता भएको हो ।

सो भेटवार्तामा दुई देशबीचको सम्बन्ध र बहुपक्षीय साझेदारीबारे छलफल भएको भारतीय विदेशमन्त्री जयशंकरले जनाएका छन् । उनले ट्वीटर गर्दै छलफल सकारात्मक भएको पनि बताएका छन् । उनले ट्विटमा लेखेका छन्, ‘आज बिहान नेपालका राजदूत डा शंकर शर्मालाई पाउँदा खुसी लाग्यो । हाबीबीच गहिरो र बहुपक्षीय साझेदारीको बारेमा छलफल भयो । आगामी दिनमा यसलाई थप विस्तार गर्ने प्रतिबद्ध छौँ ।’

प्रधानमन्त्री प्रचण्डले निकट समयमै भारत भ्रमण गर्दैछन् । तर, अहिलेसम्म मिति भने तय भइसकेको छैन । भारतीय विदेशमन्त्री जयशंकर र नेपाली राजदूत डा शर्माबीचको भेटमा प्रधानमन्त्री प्रचण्डको भ्रमणको तयारीबारे छलफल भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्