Logo
Logo

शरणार्थी प्रकरणमा जोडिएका सबैमाथि अनुसन्धान गर्न एकीकृत समाजवादीको माग


1.1k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीले नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम जोडिएका सबैमाथि अनुसन्धान गर्नुपर्नेमा माग गरेको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको केन्द्रीय सचिवालयको अनौपचारिक बैठकले शरणार्थी प्रकरणमा छलफल गर्दै नाम आएका सबैमाथि अनुसन्धान गर्नुपर्नेमा जोड दिएको हो ।

बैठकमा सरकारको नीति तथा कार्यक्रम, आगामी बजेट सरकार र प्रधानमन्त्रीको भारत भ्रमणबारे पनि छलफल भएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

साथै, पार्टी अध्यक्ष माधवकुमार नेपालले शुक्रबारबाट नर्वेमा हुने आफ्नो भ्रमणका बारेमा बैठकमा जानकारी गराइएको थियो । अध्यक्ष नेपाल नर्वेमा हुने माउन्ट समिटको प्रमुख अतिथिका रूपमा त्यसतर्फ जान लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्