Logo
Logo

आज म टोलाएको छैन



हँसिलीदेखि गोली ओकल्नेसम्म
सब भन्न थाले
हदै सम्मको कारबाही होस्
भ्रष्टाचारीलाई
गजबको कसमस छ भ्रष्टाचारको
‘भिक्टोरियन मोर्यालिटी’
अर्थात् रानी भिक्टोरिया कालको नैतिकता
प्रसिद्ध छ विश्वमा त्यति बेलाको वेश्यावृत्तिमा
प्राय ठूला राजनीतिज्ञ यौन सुख लिन्थे वेश्याको
तर भाषण गर्थे, समाजलाई शिक्षा दिन्थे– वेश्यावृत्ति समाजको कलङ्क हो भनेर
गमन र शब्द वमनको त्यो पाखण्डता
आज म टोलाइरहेको छु
विश्व हाँक्नेको त्यो इतिहास सम्झेर
आज म टोलाएको छैन
आफ्नै मुलुकको सडकमा
भ्रष्टाचारीहरूलाई देखेर
जो भ्रष्टाचारको विरोध गरिरहेका छन्
टाँगेका, बोकेका ती ब्यानरहरूलाई हेर्छु
जुन भ्रष्टाचारको पैसाबाट बनेका छन्
अझ टोलाएको छैन त्रिमूर्ति समागममा
जो भ्रष्टाचारीलाई जोगाउन भय–लाज रहित
नाङ्गै हस्याङफस्याङ गरिरहेका छन्

प्रतिक्रिया दिनुहोस्