Logo
Logo

२० मिनेट स्थगित गरिएको बैठक भोलि ४ बजे सारियो


1.1k
Shares

काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेको अवरोधका कारण २० मिनेटका लागि स्थगित भएको शुक्रबारको प्रतिनिधिसभाको बैठक शनिबार मात्र बस्ने भएको छ । झण्डै साढे ६ घन्टासम्म स्थगितपछि सभामुख देवराज घिमिरेले शनिबार ४ बजेका लागि बैठक सारेका हुन् ।

प्रतिनिधिसभाको बैठकमा पशुपतिनाथको मन्दिरमा राखेको जलहरीबारे प्रश्न उठेपछि एमालेका सांसदहरुले बैठक अवरुद्ध गरेका थिए । त्यसपछि २० मिनेटका लागि स्थगित गरिएको बैठक बस्नै नबसी सारिएको हो ।

सभामुख घिमिरेको कार्यकक्षमा औपचारिक रुपमै तीनवटा सर्वदलीय बैठक बसेपनि जलहरीबारे उठेको प्रश्न र त्यसउपर संसदले गर्न सक्ने कार्यका सम्बन्धमा निचोड निकाल्न नसपछि बैठक भोलिका लागि सारिएको हो ।

एमालेले पशुपतिनाथको जलहरीमा सुनको सट्टा एमाले अध्यक्ष केपी शर्मा ओलीले पित्तल हालेको भन्ने माओवादी सांसद लेखनाथ दाहालले माफी माग्नुपर्ने एकसूत्रीय अडान राखिरहेका छन् । तर, माओवादी केन्द्रले माफी नमाग्ने बरु यस विषयमा अध्ययन गर्न संसदीय छानबिन समिति गठन गर्ने र त्यसमार्फत अगाडि बढ्नुपर्ने प्रस्ताव गरेको छ ।

शुक्रबार बैठकमा नीति तथा कार्यक्रमका बारेमा उठेका प्रश्नको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जवाफ दिने सूची थियो ।

प्रतिक्रिया दिनुहोस्