
काठमाडौं । जनमत पार्टीले दुई सांसदलाई निष्कासन गर्न सिफारिस गरेको छ ।
शुक्रबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले प्रतिनिधिसभाका समानुपातिक सांसद सोनु मुर्मू र विनिता सिंहलाई कारबाही गर्दै सांसद पदबाट निष्कासन गर्न संसद सचिवालयलाई सिफारिस गरेको हो ।
उनीहरु पार्टीको चेन अफ कमाण्डमा नबसेको र संसद्मा प्रभावकारी भूमिका निर्वाह नगरेका कारण कारबाहीको लागि सिफारिस गरिएको पार्टीका प्रवक्ता चन्दन सिंहले जानकारी दिए ।
पार्टी अध्यक्ष डा सिके राउतको नेतृत्वमा रहेको अनुशासन विभागले सो विषयमा निर्णय गर्ने पनि उनले जानकारी दिए ।











