
काठमाडौं । प्रमुख प्रतिपक्षी दलका शीर्ष नेताहरुबीच छलफल भएको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच सिहंदरबारमा छलफल भइरहेको हो ।
बैठकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का पनि सहभागी छन् । त्यस्तै कांग्रेस, एमाले र माओवादीका प्रमुख सचेतकहरू रमेश लेखक, पदम गिरी र हितराज पाण्डे पनि बैठकमा सहभागी छन् । शुक्रबार पशुपतिको जलहरीमा अनियमितता भएको प्रश्न उठेपछि एमालेले संसद् अवरुद्ध गरेको थियो।
सरकारले पेस गरेको नीति तथा कार्यक्रममा सांसदहरूले उठाएको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहालले जवाफ दिने कार्यसूची रहे पनि माओवादी सांसद लेखनाथ दाहालले बुधबार दिएको अभिव्यक्तिलाई लिएर एमालेले सदन अवरुद्ध गरेको हो ।
शनिबार बेलुका ४ बजेका लागि प्रतिनिधिसभाको बैठक बोलाइएको छ । त्यसअघि दलहरूबीच सहमति जुटाउनका लागि शीर्ष नेताहरू छलफलमा लागेका हुन् ।











