Logo
Logo

बेंग्लोर उडेको निगमको जहाज चरा ठोक्किएपछि फर्काइयो


882
Shares

काठमाडौं । काठमाडौंबाट बेंग्लोरका लागि उडेको नेपाल वायुसेवा निगमको आरए-२२५ जहाज चरा ठोक्किएको आशंकामा काठमाडौं मै फर्किएको छ ।

त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार ४० नटिकल माइल उडिसकेको जहाज चरा ठोक्किएको आशंकामा काठमाडौं नै फर्काइएको हो ।

जहाज करिब आधा घन्टाअघि विमानस्थलमा अवतरण गरेको प्रवक्ता सिटौलाको भनाई छ । धावनमार्गमा चरा नभेटिएको र जहाजमा कुनै क्षति नभेटिएको पाइएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्