Logo
Logo

प्राधिकरणद्वारा भारतमा पुनः विद्युत निर्यात सुरु


1.1k
Shares

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले पुनः भारतमा विद्युत निर्यात सुरु गरेको छ । नदीमा पानीको बहाव बढेसँगै बिजुली उत्पादन बढेकाले भारत निर्यात सुरु गरिएको प्राधिकरणले जनाएको छ ।

शनिबार प्राधिकरणले १०० मेगावाट विद्युत् भारत निर्यात गरेको प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले जनाकारी दिए । उनका अनुसार प्रि–मनसुन सुरु भएसँगै नदीमा बहाव बढेपछि उत्पादन १३ सय मेगावाटको हाराहारीमा पुगेको छ । शनिबार करिब १ सय मेगावाट बिजुली भारत पठाएको उनले बताए ।

प्राधिकरणले शनिबार करिब ७ रुपैयाँ प्रतिमेगावाटको हाराहारीमा निर्यात गरेको जनाएको छ । हिउँद लागेपछि प्राधिकरणले गत पुस ३ देखि बिजुली निर्यात बन्द गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्