Logo
Logo

सबै नतिजा सार्वजनिक, ५२ मध्ये नेकपा ३० पदमा विजयी


- दृष्टि न्युज/संवाददाता


प्रतिनिधिसभा सदस्यमा कास्की क्षेत्र नं २ बाट निर्वाचित नेकपाका उम्मेदवार विद्या भट्टराईलाई पोखरा –९ का मतदाताबाट सफल कार्यकालको शुभकामना । तस्वीरः रासस

काठमाडौं, १७ मंसिर । शनिबार भएको उपनिर्वाचनको सबै स्थानको नतिजा आएको छ । प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्यलगायत ५२ पदका लागि भएको उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अगाडि भएको छ ।
स्थानीय तहअन्तर्गत एक उपमहानगरपालिका मेयर, ३ गाउँपालिका अध्यक्ष, १ गाउँपालिका उपाध्यक्ष र ४३ वडा अध्यक्ष पदमा उपनिर्वाचन भएकामा ३० पदमा सत्तारुढ नेकपाका उम्मेदवार विजयी भएका छन् ।
प्रतिनिधि सभा १, प्रदेशसभा सदस्य २, ३ गाउँपालिका अध्यक्ष, १ गाउँपालिका उपाध्यक्ष्य र २३ वडाध्यक्ष पदमा नेकपाले जित हासिल गरेको छ । १ प्रदेशसभा सदस्य, एक उपमहानगर पालिका मेयर र १२ वडाध्यक्ष गरी १४ पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । समाजवादी पार्टीले ४ र राष्ट्रिय जनता पार्टीले ३ वडा अध्यक्ष पदमा जित हात पारेका छन् । एक वडा अध्यक्षमा भने स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्