
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समिति बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बैठक बस्ने भएको हो ।
बैठकमा विधान अधिवेशन, समसामयिक राजनीति लगायतका विषयमा छलफल गरिने केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।











