Logo
Logo

आईसियुबाट प्रधानमन्त्रीको भिडियो सन्देषः मेरो स्वास्थ्यमा सुधार भइरहेको छ


- दृष्टि न्युज/संवाददाता


काठमाण्डौं, १५ मंसिर ।
अस्पताल भर्ना भएको एक सातापछि प्रधानमन्त्री केपी शर्मा ओली सार्वजनिक गरेका छन् । भिडियो सन्देषमामार्फत उनले आफ्नो स्वास्थ्य अवस्था राम्ररी अघि बढेको र सुधार भैरहेको बताएका छन् ।


शिक्षण अस्पतालबाटै भिडियो सन्देशमार्फत प्रधानमन्त्री ओलीले अचानक एपेन्डिसाइटिस लागेको र त्यसले बाहिर पनि संक्रमण फैलँदा समस्या भएको बताए । उनले आफू हप्ता १० दिनको उपचारको क्रममा रहेको र अहिले मुख्य अप्रेसनपछि पनि बोल्न सक्ने भएको, समाचार पढ्ने, साथीसँग कुरा गर्न सक्ने अवस्थामा रहेको बताएका छन् ।
भिडियोमा उनले भनेका छन् , ‘मैले हिजो सागको उद्घाटन समारोह पुरै हेरेँ, हुन्छ कि हुँदैन भन्ने द्विविधाका बीचमा पनि पनि राम्ररी सम्पन्न भयो । उद्घाटनक लागि राष्ट्रपतिज्यूलाई र अन्य सबैलाई धन्यवाद । मैत्रीपूर्ण खेलबाट देशको इज्जत अघि बढाउन र क्षेत्रीय मित्रता बढाउन नेपाली र सार्कका सबै खेलाडीलाई आग्रह गर्दछु ।’
अस्पताल भर्ना भएपछि प्रधानमन्त्रीको फोटो तथा भिडियो पहिलोपटक सार्वजनिक भएको हो । यसले प्रधानमन्त्रीको स्वास्थ्यबारे गलत हल्लालाई चिर्ने काम गरेको छ ।

प्रतिक्रिया दिनुहोस्