Logo
Logo

राष्ट्रियसभा खारेज गरौं तर उपेक्षा नगरौं : प्रकाश पन्त


693
Shares

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य प्रकाश पन्तले राष्ट्रियसभाको गरिमा कायम हुन नसकेको बताएका छन् ।

उनले राष्ट्रियसभा उपेक्षामा परेको भन्दै दुखेसो पोखे । आइतबार संघीय संसद्को संयुक्त बैठकमा बोल्दै उनले राष्ट्रियसभालाई परिपक्व र स्थायी प्रकृतिको सभा भनिएपनि नेतृत्वबाट सधै उपेक्षामा परेको बताए ।

उनले राष्ट्रियसभाको आवश्यकता सकिएको लाग्छ भने खारेज गरिदिए हुन्छ भन्दै आक्रोश समेत पोखे । ‘यो राष्ट्रियसभा ठिक छ चाहिन्छ आवश्यकता छ भने यसलाई राख्ने हो,’ उनले थपे, ‘चाहिँदैन आवश्यकता छैन भन्ने केही नेताहरूलाई लाग्छ भने यसलाई बन्द गरिदिए हुन्छ खारेज गरिदिए हुन्छ ।’

उनले भाषणमा मात्र राष्ट्रियसभालाई ज्येष्ठ सभा भन्ने तर यसको औचित्य पुष्टि हुने क्रियकलाप चाहीँ हुन नसकेको बताए ।राष्ट्रियसभाको औचित्य र आवश्यकता छ भने यसको गरिमा र मार्यादालाई कायम राख्न जरूरी रहेको पनि उनले बताए । उनले माथिल्लो सभाको रूपमा रहेको राष्ट्रियसभालाई यसको गरिमा कायम गर्दै ज्येष्ठ सभाको मान्यता कायम गर्न गम्भीर भएर सोच्नुपर्ने आवश्यकता रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्